पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
corporatenepal.com · Fri Jun 26 03:55:20 GMT 2026

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकास्थित घमाहा खोला क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । खोलाको पुल निर्माण गर्दै गर्दा बनाइएको डाइभर्सनमा पानी पसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो ।
डाइभर्सनमाथि पानी बगेपछि प्रहरीले सो क्षेत्रमा सवारी आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसले पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)