पोखरामा पहिचान नभएका ८३ शवको व्यवस्थापन सुरु
gorkhapatraonline.com · Tue Sep 01 06:08:52 GMT 2026

कास्की ल्याइएका भोटेकोशी बाढीमा परी मृत्यु भएका र पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन सुरु गरिएको छ । पोखरा महानगरपालिका–१६ जौबारीमा खाल्डो खनी मङ्गलबार बिहानदेखि शव व्यवस्थापन थालिएको हो ।
तनहुँ, गोरखा, नवलपुर र धादिङबाट एक सय दुई शव कास्की ल्याइएकोमा १९ वटाको मात्र पहिचान भएको छ । बाँकी ८३ शवको वैकल्पिक व्यवस्थापन गर्न लागिएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कास्की ल्याइएका सबै शवको पोस्टमार्टम गरी पहिचान हुन नसकेका शवको व्यवस्थापन सुरु गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)