पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
nagariknews.nagariknetwork.com · Sat Aug 15 01:44:51 GMT 2026

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)