बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
nagariknews.nagariknetwork.com · Sat Aug 15 02:16:23 GMT 2026

चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी/जोमसोम/कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ। कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ।
कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेका छन्। योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पुर्याइएको उनले बताए। उनले पछिल्लो संशोधित लागत अनुमानअनुसार (बेनी/जोमसोम/कोरला) सडक योजनाको समग्र भौतिक प्रगती ६५ प्रतिशत र वित्तिय प्रगति ६० प्रतिशत पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)