बाढीमा क्षति पुगेका कम्पनीको कारोबारमा विशेष निगरानी गर्न नेप्सेलाई सेबोनको निर्देशन
baahrakhari.com · Tue Sep 01 06:21:14 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परेर क्षतिग्रस्त सूचीकृत कम्पनीहरूको विवरण सार्वजनिक गर्दै कारोबारलाई विशेष निगरानी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ ।
नेप्सेलाई सेबोनले भोटेकोसी नदी प्रणालीका आसपास सञ्चालनमा रहेका तथा निर्माणधीन विभिन्न जलविद्युत् आयोजना, सम्बन्धित प्रसारण संरचना तथा अरू भौतिक पूर्वाधारमा क्षति पुगेको भए विवरण सार्वजनिक गर्न भनेको छ । बाढी आएलगत्तै सेयर बजार निरन्तर घट्न थाले पनि यी कम्पनीको कारोबारमा नेप्सेलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)