प्रविधिको युगमा बदलिँदो राजनीति
ratopati.com · Sat Aug 15 03:04:20 GMT 2026

वर्तमान संसारलाई डिजिटल युग भनिन्छ । यसले मानव सभ्यताको सूचना उपभोग गर्ने र शक्ति सञ्चार गर्ने शैलीलाई नै आधारभूत रूपमा परिवर्तन गरेको छ । सामाजिक सञ्चालन फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स र युट्युब जस्ता प्लेटफर्महरुले सूचनाको पहुँचलाई सामान्यीकरण गरेका छन् । यस्तो अवस्थामा व्यक्तिको दैनिकी, सामाजिक परम्परा र राजनीतिक संस्कारलाई प्रविधिले आफ्नो अद्यावधिक क्षमतामार्फत प्रभावित गरिरहेको छ ।
झन्, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र प्रयोगले प्रविधिको युगलाई आफैमा क्रान्तिकारी विकास तर्फ फड्को मार्ने अवस्थामा पुर्याएको छ । यसले व्यक्तिलाई राष्ट्रको सर्वोच्च निकायदेखि संसारको जुनसुकै कुनासम्मका सूचना तथा ज्ञान र विज्ञानका विविध आयाममा क्षणभरमै सहज र पहुँचयोग्य बनाएको छ । यस्तोमा अवस्थामा प्रविधिले सबैभन्दा गाह्रो मानिने यथास्थितिको परम्परा र परम्परागत संस्कारलाई समेत चुनौती दिएको छ । त्यसबाट प्रभावित प्रमुख क्षेत्र राजनीति पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)