विपद्का बेला एक दिन समय दिएर काउन्सिलको सदस्य उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइयो
ratopati.com · Tue Sep 01 06:27:27 GMT 2026

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको सदस्य पदको अन्तर्वार्ता एक दिनको समयावधि मात्रै दिएर लिन लागेको भन्दै असन्तुष्टि देखिएको छ । विपद्को समयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समय अन्तरनै नराखी अन्तर्वार्ता मिति सार्वजनिक गरेको भन्दै काउन्सिल सदस्यका उम्मेदवारले असन्तुष्ट जनाएका हुन् ।
सदस्य पदका उम्मेदवार डा.अमित झाले एक दिनको समय दिएर सबै प्रमाणपत्र लिएर आउन मन्त्रालयबाट फोन आएको बताए । उनले भने, ‘हिजो सोमबार बेलुकी ६ बजे फोन गरेर सबै प्रमाणपत्र लिएर आउनुहोला भन्नुभयो । म बल्ल तल्ल राहत काम सकेर नुवाकोटबाट हेटौँडा काम मा फर्केको छु ! बाटो पूरै जाम छ , मेरो लागि आउन सम्भव भएन भन्ने कुरा राखेपछि भर्चुअल गर्छु भन्नुभएको छ ।’ सरकारले नै ट्राभल नगर्न सुझाएको बेला स्वास्थ्य मन्त्रालयले नै अव्यवहारिक कार्य गरेको भन्दै प्रश्न उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)