नयाँ ईभि कर नीतिपछि नेपालमा बिएमडब्लू iX1 को मूल्य रु.१ करोड ३० लाखले वृद्धि
ajakoartha.com · Tue Jun 09 07:12:00 GMT 2026

काठमाडौं- नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्स्मी प्रिमियम मोटर्स प्रा.लि. ले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारी (EV) कर नीतिपछि BMW का विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको जनाएको छ। यसअन्तर्गत BMW iX1 eDrive20 को मूल्य रु.१,९९,९६,००० बाट बढेर रु.३,२९,९६,००० पुगेको छ। अर्थात् यस मोडेलको मूल्यमा रु। १,३०,००,००० को वृद्धि भएको छ।
सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत EV मा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि BMW का विद्युतीय गाडीहरूको मूल्य बढेको हो। नयाँ व्यवस्थाअनुसार अब EV मा लाग्ने कर मोटरको क्षमता भन्दा पनि गाडीको आयात मूल्यका आधारमा निर्धारण गरिनेछ। यसले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीहरूमा बढी प्रभाव परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)