उद्धार कोषमा नेपाल लिकर्सको एक करोड एक लाख सहयोग
baahrakhari.com · Tue Sep 01 06:33:15 GMT 2026

काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्काजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रालिले रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका निम्ति एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी र कार्यरत कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो ।
मंगलबार (भदौ १६) कम्पनीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)