सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षा मन्त्रीको निर्देशन
ratopati.com · Thu Aug 27 17:25:26 GMT 2026

काठमाडौँ । नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ ।
विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिनुभएको हो । साथै, भदौ १२ गते आयोजित परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि अनुकूल समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)