ताप्लेजुङ गोल्डकपः गेटबाट झण्डै १२ लाख संकलन, आजबाट सेमिफाइनल खेल हुँदै
nagariknews.nagariknetwork.com · Tue Sep 01 06:26:29 GMT 2026
आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपका ४ क्वाटर फाइनल खेलमा खेलको अवलोकनकर्ताहरुबाट झण्डै १२ लाख रुपैयाँ संकलन गरेको छ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार कुल ११ लाख ९१ हजार २०० रुपैयाँ संकलन भएको छ। यो रकम आयोजकले निर्धारण गरेको टिकट प्याकेजको रकम भन्दा बाहिर प्रवेशद्धारमै संकलन भएको रकम हो । लाखेजात्रा सञ्चालन समितिले यसबर्ष सहयोग सहित गोल्डकपका सबै खेल हेर्नका लागि जनही ३ हजार रुपैयाँको टिकट प्याकेज ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)