मेस्सीले गरे राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा"
barnanmedia.com · Tue Sep 01 06:34:36 GMT 2026
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन्। फाइनलपछि लामो सोचविचार गरेर आफूले यो निर्णय गरेको उनले बताएका छन्।
मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं सबैथोक दिएको उल्लेख गर्दै अब युवा खेलाडीलाई अवसर दिने समय आएको बताएका छन्। उनले राष्ट्रिय टोलीसँग बिताएका २० वर्षका लागि समर्थक, परिवार, प्रशिक्षक र सहकर्मीलाई धन्यवाद दिँदै अब बाहिरबाट अर्जेन्टिनालाई समर्थन गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)