एमालेमा बढेको आत्मविश्वास र समातेको लय
onlinekhabar.com · Sat Apr 20 16:50:47 UTC 2024

८ वैशाख, काठमाडौं । प्रमुख सत्तारुढ शक्ति नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार ललितपुरको गोदावरीमा सुरु भएको छ । साढे दुई वर्ष अगाडि यही स्थानमा एमालेले प्रथम विधान महाधिवेशन गरेको थियो ।
नीति र नेतृत्वको महाधिवेशन अलग–अलग गर्ने निर्णय बमोजिम पहिलोपटक गोदावरीमा २०७८ असोज दोस्रो साता विधान महाधिवेशन गरिरहँदा एमालेमा पार्टी विभाजनको चोट आलो थियो । लामो समय पार्टीको नेतृत्व गरेका माधवकुमार नेपाल र झलनाथ खनालहरुले ९ भदौ २०७८ मा (विधान महाधिवेशन हुनु दुई महिना अगाडि मात्र) पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । त्यसबेला पनि एमाले सत्ताबाट बाहिरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)