काठमाडौँमा बाँदर र मानव बिचको द्वन्द्व : व्यवस्थापनका लागि महानगरको चासो
ratopati.com · Sat Aug 15 06:25:53 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाँदर र मानव बिचको द्वन्द्वलाई कम गर्न मानवीय र दिगो व्यवस्थापनको प्रक्रिया सुरु गर्ने भएको छ । स्वयम्भू, त्रिपुरेश्वर र थापाथली क्षेत्रमा बाँदरका कारण जनजीवन कष्टकर बनेपछि महानगरले सरोकारवाला र विज्ञहरूसँग छलफल थालेको हो ।
शुक्रबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँगको छलफलमा स्वयम्भूका स्थानीयले बाँदरका कारण आफूहरू घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था आएको गुनासो गरे । बाँदरले हुलका हुल आएर घरभित्रै पसी ५ देखि १० हजार रुपैयाँसम्मको क्षति गर्ने गरेको उनीहरूले बताए । स्थानीयले भने, अरू मानिस चिडियाखानामा गएर तारबार भित्रका जनावर हेर्छन्, हामी स्वयम्भूवासी चाहिँ बाँदरको डरले आफ्नै घरमा तारबार गरेर भित्र बस्नुपरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)