कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान
khabarhub.com · Sat Aug 15 07:50:54 GMT 2026

कास्की – गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ४४ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यअनुसार उत्पादन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)