अटो दुर्घटना हुँदा १ जनाको मृत्यु
ratopati.com · Sat Aug 15 08:55:32 GMT 2026

काठमाडौँ । अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा त्यसमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना बस्ने अन्दाजी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा शनिबार १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)