तातोपानीपारिको झाङ्मु पोर्ट अनिश्चितकाललाई बन्द
baahrakhari.com · Tue Sep 01 07:04:16 GMT 2026

सिन्धुपाल्चोक । चीन सरकारले नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीपारि रहेको झाङ्मु पोर्ट अनिश्चितकालका निम्ति बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ । सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका अधिकृत तुलबहादुर पाण्डेलाई यो जानकारी दिएका हुन् ।
“हामीलाई उहाँहरूले छोटो इमेल गर्नुभएको छ,” पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेल उद्धृत गर्दै भने, “हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ, कहिले खोल्छौँ भन्ने जानकारी अर्को इमेलमा गराउनेछौँ भनिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)