कान्तिपुर थिएटरमा ‘समर लभ’ को भव्य सुरुवात, सुरुवाती ६ वटै शो अग्रिम हाउसफुल
ratopati.com · Sat Aug 15 09:55:19 GMT 2026

काठमाडौँ । सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ ले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ । सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक श्रावण २९ गतेदेखि मञ्चन सुरु भएको हो।
पहिलो दुई दिनका चारै शो मञ्चन हुनु तीन दिनअघि नै हाउसफुल भएका थिए भने त्यसपछिका दुवै शोका टिकट पनि अग्रिम बुकिङ भइसकेका छन् । यसअघि कान्तिपुर थिएटरले मञ्चन गरेको ‘सेतो धरती’ ले १०१ कीर्तिमानी शो सम्पन्न गर्दै नेपाली रङ्गमञ्चमा नयाँ इतिहास रचेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)