कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान
canadanepal.com · Sat Aug 15 10:03:44 GMT 2026

कास्की -गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ४४ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यअनुसारनै उत्पादन भएको थियो । उक्त परिमाणमा दूध उत्पादन गरेबापत किसानलाई प्रतिलिटर रु पाँचका दरले सहकारी संस्थामार्फत प्रोत्साहन सहयोग उपलब्ध गराइएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । उनका अनुसार दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु दुई करोड २० लाख बजेट विनियोजन गरिएकामा विनियोजित सम्पूर्ण रकम खर्च भई वित्तीय सतप्रतिशत हासिल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)