एमएडब्लु ग्रुपद्वारा एक करोड ११ लाख सहयोग
nagariknews.nagariknetwork.com · Tue Sep 01 07:00:12 GMT 2026

एमएडब्लु ग्रुपले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपले हालै रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत जिल्लामा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
बाढीका कारण विभिन्न जिल्लामा घर तथा जीविकोपार्जनका साधनमा क्षति पुगेको र कतिपय नागरिकले ज्यानसमेत गुमाएको अवस्थामा तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउन कोषमा रकम जम्मा गरिएको ग्रुपले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)