लहान अस्पतालमा तत्काल ‘ट्रमा युनिट’ सञ्चालनमा ल्याइने
ratopati.com · Sat Aug 15 10:43:41 GMT 2026

सिराहा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिराहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन् । राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्।
लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिटमार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)