सेनाले हेलिकोप्टरमार्फत आज २३ जनाको उद्धार, कुन हाइड्रोको टनेलमा के काम हुँदैछ ?
annapurnapost.com · Tue Sep 01 07:10:39 GMT 2026

काठमाडौं : नेपाली सेनाले आज हेलिकोप्टरमार्फत २३ जनाको उद्धार गरेको छ। सेनाका अनुसार विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र प्रवेश गरी करिब ५० मिटर भित्रसम्म, लाङटाङ हाइड्रोमा टनेलभित्र करिब १५० मिटरसम्म, अपर त्रिशूली-१ हाइड्रोको टनेलको करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको जनाएको छ।
यसैगरी त्रिशूली-3A मा टनेल हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने कार्य गरेको जनाएको छ। टनेल भित्रको पानी निकाल्नुका साथै ३ वटा डोजर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मि. खोलिएको छ। रकम ब्रेकरबाट टनेल भित्र छिर्ने स्थान बनाउन ढुङ्गा फुटाउने कार्य भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)