सुस्ताको ६० करोडभन्दा बढी बजेट, शिक्षा–स्वास्थ्य र कृषिमा जोड
gorkhapatraonline.com · Fri Jun 26 04:02:39 GMT 2026

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राखेर कुल ६० करोड ३२ लाख ७८ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार गाउँपालिकाको १९औँ गाउँसभामार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो। प्रस्तुत कुल बजेटमध्ये गाउँपालिकाले चालु खर्चतर्फ ३७ करोड ३१ लाख ७८ हजार रुपियाँ विनियोजन गरेको छ भने विकास निर्माण तथा पूर्वाधारतर्फ (पुँजीगत खर्च) २३ करोड १ लाख रुपियाँ अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)