लेबनानमा इजरायली आक्रमण, ७ जनाको मृत्यु
barnanmedia.com · Sat Aug 15 11:16:04 GMT 2026

दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले शनिबार अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरेको आक्रमणमा ७ जनाको मृत्यु हुनुका सथै अन्य तीन जना घाइते भएको रिपोर्ट गर्दै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढाएको बताएको छ ।
आक्रमणले एउटा घर ध्वस्त पारेको र आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेर घाइतेहरूलाई अस्पताल लगिरहेको एजेन्सीले रिपोर्ट गरेको छ । यसअघि हेजबुल्लाहले लेबनानलाई आफ्नो समर्थक इरानको समर्थनमा इजरायलमा रकेट प्रहार गरेर मार्चमा मध्य पूर्व युद्धमा तानेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)