मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले समात्यो
onlinekhabar.com · Sat Aug 15 11:29:38 GMT 2026

३० साउन, काठमाडौं । मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट शनिबार चालकसहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अवैध वस्तु ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसोम पर्यटक चेकपोस्टमा जाँच थालेको बताइएको छ । त्यसक्रममा विभिन्न कन्टेनरका कागजपत्र जाँच तथा चालकहरूसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)