आज महानायक राजेश हमालको जन्मदिनः कति वर्ष पुगे ?
kalakarmi.com · Tue Jun 09 08:12:45 GMT 2026

काठमाडौं— नेपाली फिल्म उद्योगका लागि राजेश हमाल पर्यायवाची शब्द हुन् भन्दा फरक अर्थ नलाग्ला । त्यसैले त उनी एक अभिनेता मात्र होइनन्, एउटा यूगका प्रतिनिधि पात्र हुन् ।
चार दशकभन्दा लामो समयदेखि निरन्तर पर्दामा सक्रिय रहँदै आएका राजेश हमाल आज जुन ९ अर्थात मंगलवार ६२ वर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनी धर्मपत्नी मधु भट्टराईसँग अस्ट्रेलिया भ्रमणमा छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्विर तथा भिडियोमा उनीहरू अस्ट्रेलियाको पर्थ सहरमा रमाइरहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)