भोटेकोशी बाढी: रसुवामा ६६ शव फेला
barnanmedia.com · Tue Sep 01 07:18:25 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जिल्लाका विभिन्न स्थानमा गरी हालसम्म ६६ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी प्रमुख अशोक थापाले दिएको जानकारी अनुसार बेत्रावतीमा १०, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा ६ वटा शव फेला परेका हुन्।
फेला परेका शवहरूमध्ये हालसम्म ६ वटाको मात्र पहिचान खुलेको छ भने ती सबै शवहरूलाई सङ्कलन गरी धुन्चे ल्याउने तयारी भइरहेको छ। बाढीमा परी बेपत्ता भएका अन्य व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी प्रमुख थापाले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)