गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
ratopati.com · Thu Aug 27 17:34:13 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुगेका छन् । उनी बिहीबार स्थल मार्ग हुँदै नुवाकोट पुगेका हुन् ।
गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नं १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ । उनले विपद् प्रभावित क्षेत्रमा आवश्यक मानवीय उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सुरक्षा निकाय तथा उद्धार टोलीलाई निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)