अलराउन्डर मोइन अलीले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयासको घोषणा
deshsanchar.com · Sun Sep 08 11:49:49 UTC 2024
इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयासको घोषणा गरेका छन्। उनले खेलाडी जीवनबाट बिदा हुने योनै सही समय भएको भन्दै सन्नयासको घोषणा गरेका हुन्। मोइनले इङ्ग्ल्यान्डका सन् २०१४ देखि २०२४ सम्म २ सय ९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
मोइनले २०१४ मा वेस्टइन्डिज विरुद्ध डेब्यु गरेयता सबै तीन फर्म्याटमा क्रिकेट खेल्दै एक अब्बल अलराउन्डरको छवी बनाएका थिए। ३७ वर्षका मोइनले २०१९ मा घरेलु मैदानमा भएको एकदिवसीय विश्वकप र २०२२ मा टी-२० विश्वकप जित्ने टिमको महत्वपूर्ण सदस्यका रुपमा टोलीको सदस्य रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)