एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस्
newsofnepal.com · Tue Jun 09 09:00:32 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गर्नुभएको छ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा “बादल” नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नुभएको हो।
उहाँले पार्टीलाई अझ संगठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन अपिल गर्नुभएको छ। बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)