प्रदेश विश्वविद्यालय निर्माणका लागि स्रोतको सुनिश्चतता हुन्छ : मन्त्री खड्गी
nepalbahas.com · Mon Jul 29 16:59:14 UTC 2024

प्रदेश विश्वविद्यालय निर्माणका लागि स्रोतको सुनिश्चतता हुन्छ : मन्त्री खड्गी
१४ साउन, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश विश्वविद्यालय निर्माण तथा सञ्चालनका लागि जग्गा अवलोकन गरेकी छन् । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडामा रहेको प्राथमिक विद्यालयको खाली ५ रोपनी जग्गाको मन्त्री खड्गीले अवलोकन गरेकी हुन् । हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयसंग प्राथमिक विद्यालय मर्ज भएसंगै उक्त जग्गा प्रयोगविहिन भएको थियो । विद्यालयको भवनमा विश्वविद्यालयको कार्यालय संगै अन्य कामहरु सञ्चालन गर्न सकिने अवस्था रहेको मन्त्री खड्गीले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)