तालिवानले लिएपछिको अफगानिस्तानको ५ वर्ष : के बदलियो ? अवस्था कस्तो ?
corporatenepal.com · Sun Aug 16 03:48:49 GMT 2026
काठमाडौं । अमेरिकाले काबुलबाट अव्यवस्थित रूपमा आफ्ना सेना फिर्ता गरेको र तालिबान पुनः सत्तामा फर्किएको पाँच वर्षमा अफगानिस्तान विश्वकै सबैभन्दा गम्भीर मानवअधिकार तथा मानवीय संकटमध्ये एकको केन्द्र बनेको छ । कुनै समय अमेरिकी विदेश नीतिको केन्द्रमा रहेको अफगानिस्तानमा २० वर्षसम्म चलेको युद्धका लागि अमेरिकी करदाताले २.३ ट्रिलियन डलर खर्च गरेका थिए । तर अहिले अफगानिस्तान र त्यहाँका जनता विश्वको धेरैजसो ध्यानबाट ओझेलमा परेका छन् । मानव सिर्जित तथा प्राकृतिक संकटको एकसाथ प्रभावले लाखौँ बालबालिकालाई भोकमरीको अवस्थामा पुर्याएको छ भने महिला तथा बालिकाहरूका आधारभूत अधिकारसमेत खोसिएको छ ।
अफगानिस्तानको करिब ४५ प्रतिशत जनसंख्यालाई मानवीय सहायता आवश्यक पर्ने भए पनि तालिबान सत्तामा फर्किएयता अन्तर्राष्ट्रिय दातृ निकायले उपलब्ध गराउने सहायता नाटकीय रूपमा घटेको छ। यसको सबैभन्दा ठूलो मार महिला र बालिकामाथि परेको छ। कुनै समय अफगानिस्तानलाई सबैभन्दा धेरै सहायता उपलब्ध गराउने अमेरिका अहिले शीर्ष पाँच दाता राष्ट्रमा समेत पर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)