कर्णाली नदीमा जलसतह सतर्कता तह पार, तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
nepalviews.com · Sun Aug 16 03:59:58 GMT 2026

काठमाडौं । कर्णाली नदीमा पानीको बहाव बढेको छ। अछामस्थित चितवन जलमापन केन्द्रमा गरिएको मापनअनुसार नदीको जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९:०५ बजे एक सूचना जारी गर्दै नदीमा पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको जानकारी दिएको हो।
सतर्कता तह पार गरेसँगै महाशाखाले नदीका तल्लो तटीय क्षेत्र तथा बाढी तथा डुबानको जोखिम रहिरहने आसपासका बस्तीका बासिन्दालाई आज बेलुकासम्मै विशेष सावधानी तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)