घरमै सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण सेवा
gorkhapatraonline.com · Tue Sep 01 09:00:12 GMT 2026

राजविराज नगरपालिका–७ का सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता कार्ड घरदैलोमा पुगेर नवीकरण गरिएको छ ।
वडासदस्य रामानन्द देवको नेतृत्वमा वडासचिव अमर दत्त, कम्प्युटर अपरेटर दिपेश यादवसहितको टोलीले वडा कार्यालयसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)