विपद् व्यवस्थापनको एजेण्डा तय गर्न सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु
ratopati.com · Tue Sep 01 09:07:51 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। हालैको बाढी, पहिरो र प्राकृतिक विपद्ले देशभर पुर्याएको क्षति र त्यसपछि उत्पन्न परिस्थितिका सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट प्रस्तुत गरिने एजेण्डा तय गर्न बैठक बसिरहेको हो।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार बैठकमा विशेष गरी रसुवाको भोटेकोशी बाढी लगायत देशका विभिन्न भागमा भएका विपद्का घटना, राहत, उद्धार र पुनर्निर्माणका विषयमा सघन छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)