राहत प्रणाली : एकद्वार कि खुला ?
nepalviews.com · Tue Sep 01 09:19:44 GMT 2026

भदौ १० गतेको रसुवा बढीका पीडितको खोजी, पहिचान, उद्धार, राहत, स्वास्थ्योपचार र पुनर्स्थापना प्रक्रियामा सरकारले एकद्वार नीति लागू गर्न खोजेको छ । तर, सरकारको यस्तो नीति तथा निर्णयविपरित विभिन्न राजनीतिक दल, संघसंस्था, समूहले स्वयंसेवक परिचालन, राहत संकलन र वितरण गर्दै आएका छन् । राहत प्रणाली एकद्वार हो कि बहुद्वार वा खुला प्रस्ट हुन सकेको छैन ।
बाढी प्रभावित क्षेत्रमा नेकपा एमालेले ‘युवा संघ’ र श्रम संस्कृति पार्टीले उसकै भाषामा ‘श्रमदाता’ परिचालन गरेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारको एकद्वार नीतिको निरन्तर विरोध गरिरहेका छन् । सरकारी संयन्त्रले आफ्नो पार्टीले परिचालन गरेका श्रमदातालाई उद्धार तथा राहत कार्य गर्न नदिएको उनको असन्तुष्टि सामाजिक सञ्जालमा निरन्तर प्रकट भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)