कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Tue Sep 01 09:20:31 GMT 2026

पर्यटन विकास कार्यालय, गौर, रोतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार काफ्लेसहित इन्जिनियर सुदिप प्रकाश तिमल्सेना, इन्जिनियर नितिश कुमार पटेल, राधाकृष्ण मन्दिरको अधुरो निर्माण कार्य योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरु साह तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)