सुदूरपश्चिम सुरक्षा समितिले उद्धार र पुनःस्थापनामा सहयोग गर्ने
gorkhapatraonline.com · Tue Sep 01 09:28:47 GMT 2026

सुदूरपश्चिम प्रदेश सुरक्षा समितिले भोटेकोशी नदीको बाढी विपत्मा परेका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा आज बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले सुदूरपश्चिममा बाढी तथा विपत्को सम्भावनालाई मध्यनजर गर्दै प्रदेशका सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)