देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतर पक्षको निर्णय
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औँ महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ। साउन २९ देखि ३१ गतेसम्म सम्पन्न उक्त भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गर्ने र त्यसको नेतृत्व सभापति देउवाले नै गर्ने निर्णय गरेको हो। देउवाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाई महाधिवेशन सफल पार्ने दृढता व्यक्त गर्दै महाधिवेशनसम्मका पार्टीका नियमित गतिविधिहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)