रसुवा बाढीपीडितका लागि ‘पानस’ साउदीद्वारा ५ लाख सहयोग
annapurnapost.com · Tue Sep 01 09:28:56 GMT 2026

साउदी : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रवासी नेपाली एकता समाज साउदी अरब (पानस) ले ५ लाख आर्थिक सहयोग गरेको छ।
बाढीपीडितका लागि पानसका केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरूबीचको समन्वय र सहकार्यमा संकलित ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपत्तिमा परेका नेपाली नागरिकको पीडामा साथ दिन र राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको पानसले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)