सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल
barnanmedia.com · Tue Sep 01 09:20:38 GMT 2026

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी हुनुहुन्छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलकाअनुसार बैठकमा विपद्पछिको पुननिर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठनको प्रक्रिया अघि बढाउने विषय मुख्य एजेन्डाका रूपमा छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)