पहिरोले कालीगण्डकी राजमार्ग अवरुद्ध
gorkhapatraonline.com · Tue Sep 01 09:37:59 GMT 2026

पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षापछि कालीगण्डकी गाउँपालिका –२ राक्सेमा पहिरो खस्दा मंगलबार बिहानदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कालीगण्डकी करिडोरतर्फ प्रहरीचौकी पूर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)