बागलुङको निसीखोलामा पहिरो: आठ घरमा क्षति, ४० घर उच्च जोखिममा
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा अविरल वर्षाका कारण गएको पहिरोले ठूलो भौतिक क्षति पुर्याएको छ। निसीखोला गाउँपालिका–२ स्थित धाराटोलमा खसेको पहिरोका कारण आठवटा घरमा क्षति पुगेको छ भने अन्य ४० घर उच्च जोखिममा परेका छन्।
वडाध्यक्ष कुवीर विश्वकर्माका अनुसार पहिरोले स्थानीयवासीका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको छ। पहिरोको प्रभावले घरको पाली भत्किने, छानो उप्कने र घर चर्किने जस्ता समस्या देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)