जसले पार्टीबाट पर्याप्त अवसर लिए तिनै असन्तुष्ट छन् : ओली
baahrakhari.com · Sun Aug 16 12:06:37 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट पर्याप्त अवसर लिने नै असन्तुष्ट भएको बताएका छन् । आइतबार झापाको बिर्तामोडमा मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै उनले पार्टीको विधानमा बसेर बहस चलाउनुपर्ने बताए ।
“नपाउने मान्छे खास असन्तुष्ट छैन । पाएका असन्तुष्ट छन् । खाएका, लगाएका असन्तुष्ट छन् । जसले पार्टीबाट पर्याप्त अवसर लिए तिनै असन्तुष्ट छन्,” ओलीले भने, “किर्नाले पनि टन्न खाएर अघाएपछि भैँसीको जिउबाट भुइँमा झर्छ । एमालेलाई पनि त्यस्तै भैँसी बनाउन खोजेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)