मानव अधिकार आयोग अगाडि सहकारी पीडितको धर्ना (भिडियो)
ratopati.com · Sun Aug 16 12:15:00 GMT 2026

काठमाडौँ । आइतबार ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार कार्यालय अगाडिको सडकपेटीमा लघुवित्त तथा सहकारी पीडितहरूले धर्ना दिए । कारण थियो- ‘सरकारले आफ्ना मागहरूको सुनुवाइ नगरेको, आफूहरूमाथि अमानवीय व्यवहार गरेको ।‘ आयोगले त्यसका लागि पहल गरिदिनुपर्ने माग गर्दै उनीहरू धर्नामा बसेका हुन् ।
लघुवित्त तथा सहकारी पीडितहरू १९ दिन पैदल यात्रा गरेर शुक्रबार काठमाडौँ आइपुगेका थिए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग १२ बुँदे सम्झौता भएपनि हालसम्म कार्यान्वयन नभएकोमा उनीहरू आक्रोशित सुनिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)