बेलायत जान लागेका ३०० आप्रवासी अपहरित, मिर्गौला निकाल्ने धम्की
annapurnapost.com · Tue Jun 09 10:31:49 GMT 2026

बेलायत : गत वर्ष बेलायत पुग्ने उद्देश्यले यात्रा गरिरहेका ३०० बढी आप्रवासीहरू अपहरणमा परेका, यातना भोगेका तथा जबरजस्ती अंग निकाल्ने धम्की दिइएको तथ्य सार्वजनिक भएको छ ।
यी सबै युवा पुरुषहरू इराकी कुर्दिस्तानका थिए । उनीहरूलाई लिबियामा एक सशस्त्र मिलिसियाले नियन्त्रणमा लिएर प्रत्येक परिवारसँग ५,००० अमेरिकी डलर (करिब ३,७०० पाउण्ड) फिरौती मागेको थियो । समयमै रकम नदिए उनीहरूको मिर्गौला निकालिने धम्की दिइएको थियो । रिहा भइसकेका केही बन्धकहरूले आफूहरूमाथि गरिएको यातना तथा अत्यन्तै भीडभाडयुक्त कोठामा राखिएको अनुभव सुनाएका छन् । उनीहरूका अनुसार एउटा कोठामा झण्डै १८० जना मानिसलाई कोचेर राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)