महागढीमाई नगरपालिकाले बाढीपीडितका लागि ४१ लाख ५१ हजार सहयोग गर्ने
annapurnapost.com · Tue Sep 01 09:41:38 GMT 2026

सिमरा : बाराको महागढीमाई नगरपालिकाले रसुवाका बाढीप्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख ५१ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्राकृतिक विपत्तिले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। नगर प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार नगरपालिकाका ६० जना जनप्रतिनिधिहरूले आफ्नो एक महिनाको सेवासुविधा बापतको रकम कोषमा योगदान गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)