श्रमिकको उद्धारका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न सरकारसँग एनआरएनएको माग
onlinekhabar.com · Sun Aug 16 13:08:31 GMT 2026

३१ साउन, काठमाडौंं । नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग आग्रह गरेको छ ।
चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत आयोजित ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नभएकाले उद्धारमा खटिने एनआरएनए प्रतिनिधि समेत समस्यामा पर्ने गरेको भन्दै सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)