तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन पूर्वराष्ट्रपतिको आग्रह
nepalnews.com · Sun Aug 16 14:36:33 GMT 2026

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह गरेकी छन्।
मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा उनले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गरिन्। पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको शक्ति आफ्नो विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण बनाउने संस्कारमा रहने उल्लेख गरिन्। आफूभन्दा भिन्न विचार राख्नेहरूप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्नेमा उनको जोड छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)