काठमाडौंमा १२-१५ वर्षका विद्यार्थीले ३ हप्तामै बनाए एआई प्रोटोटाइप, व्यवसायमा पनि प्रयोग
techpana.com · Sun Aug 16 14:31:07 GMT 2026

काठमाडौं । काठमाडौंमा १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीले एआईमा आधारित उत्पादन विकास गरी वास्तविक व्यवसायमा प्रयोग गरेका छन् । आरम्भ संस्कार विद्यालयले आयोजना गरेको तीन साता लामो ‘फोर्ज नेपाल’ कार्यक्रममार्फत कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूको १२ वटा टोलीले काठमाडौंका वास्तविक व्यवसायहरूले प्रयोग गर्न सक्ने एआई प्रडक्टहरू विकास गरेका हुन् ।
‘फोर्ज नेपाल’ आरम्भ संस्कार विद्यालयसँगको सहकार्यमा लिभ कोबर्स्टाडले डिजाइन गरेको गहन उद्यमशीलता कार्यक्रम हो । कार्यक्रमको समापनका अवसरमा शनिबार होटल मल्लमा पहिलो ‘फोर्ज नेपाल डेमो डे’ आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विकास गरेका एआई उत्पादन प्रस्तुत गर्नुका साथै आफ्ना परियोजनाबारे लगानीकर्ता, व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालासमक्ष प्रस्तुति दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)